मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त
काठमाडाैं | पुस २०, २०८२
तस्बिर फाइल
काठमाडौं: २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय पषिद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ।
यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ।

आयोगका अनुसार यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले २०८२ माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नुहुनेछ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली आयोगको वेबसाइटमा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

